
धादिङ । माओवादी केन्द्रका नेता तथा प्रदेश संसद जगत सिंखडाले आफ्नो निर्वाचन क्षेत्रका ३ वटा विद्यालयमा कम्प्युटर र न्यानो कपडा हस्तान्तरण गरेका छन् ।
Help Rular Nepal UK को सहयोग सामाग्रीहरु कम्प्युटर र न्यानो कपडा लिएर निर्वाचन क्षेत्र पुगेका प्रदेश सांसद सिंखडाले गंगा जमुना १, सितालादेबी आधारभुत विद्यालय, खनियाबासको झार्लाङ मावि र बेन्दिदेबी माविमा पुगेका हुन् ।
सांसद सिंखडाले सितालादेबी आधारभुत विद्यालयलाई ४ वटा कम्प्युटर खनियाबासको झार्लाङ मावि र बेन्दिदेबी माविलाई २,२ सेट कम्प्युटर र न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।
