
धादिङ । जनपथ प्रहरी र सशस्त्र प्रहरीले फागुन १४ गतेबाट धादिङका बस्ती बस्तीमा संयुक्त सुरक्षा गस्ती गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल बताएका छन् ।
प्रहरीसगँ जनताको अन्तरगत सम्बन्धलाई सुदृढ बनाउने, विकास आयोजनालाई मद्दत पु¥याउने र शुसासनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लम्साल बताउँछन् ।
यो अभियानको सुरुवात खनियाबास गाउपालिकाका सम्पूर्ण वडाहरुमा फागुन १४ गतेदेखि १६ गतेसम्म संयुक्त गस्ती कार्यक्रम गरिनेछ । जसमा संघिय सरकार, प्रदेश र स्थानीय पालिकाबाट निमार्ण भएका आयोजनाहरुको अनुगमन सगैँ स्थानियहरु सगँ अन्तरक्रिया हुनेछ । फाईल तस्वीर