धादिङ गजुरीबाट सालकको छाला सहित दुई जना पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ९, २०७८

धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारबाट संरक्षित वन्यजन्तुको सालकको आखेटोपहार (छाला) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

करिब १ केजी सालकको आखेटोपहार (छाला) सहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ छन् ।

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा आईतबार राती ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । फाईन तस्बीर