धादिङश्री काव्यबाट

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ८, २०७८

सेर्तुङ धादिङको शिरोमणि बनी हैमाद्रिका साथमा
स्वर्णस्तम्भ बनेर पाविलसंगै हेरेरबस्ती वन
गुम्बा मन्दिर कुण्ड वा हिमचुली झर्ना र चौंरी चरा
हावा शीतल दिन्छ शुभ्र हिउँको पङ्खा लिई सर्वदा ।
१०
सेर्तुङमा अचम्म, नामसरि छन् सेतो र कालो दह
खस्नै दिन्न चरा रुङेर तिनका पातै पतिङ्गर कव
हिन्दुङ् स्थान नजीक चौर छ वडो तातो छ, पानी त्यहाँ
दृश्यार्थी बनभोजमा रत बनी आन्द लिन्छन् जहाँ ।
११

सादा चेत जहाँ छ चौर जसमा माने रहन्छ् दुई
धर्म स्तम्भ सरी भई सकल नै घुम्छन् सदा नै नुही
स्वर्णस्तम्भ थियो र तिब्बत भई मान्छे यहाँ घुस्रिए
स्तम्भै गायव भो र मानिस यहाँ दु:खी बने तर्सिए ।
१२
प्यान्तिस्या छ, विचित्र हैमनदको दोभानमा मन्दिर
यस्मा छन् शिवजी र नन्दि बढिया खोपी बडो प्रस्तर
प्यागोडा छ बनोट बोल्छ शिवको यो सद्म हैमाद्रि हो
खानी मुख्य रुबी तव रह्यो भ्याली रुबी नामको ।
१३

कन्या रुप गरी विचार जन यो गर्छ् शिलापुजन
नीरोगी सब बन्दछन् गरी पुजा कन्यासरी शोभन
यो धर्ती छ सुपूज्य डुम्चु दहमच्छयाम्बो रही सुन्दर
धर्ती चारु र नृत्य सेर्तुङसरी पाइन्न काही कव ? ।
१४
लापा वेश कला र संस्कृति तथा वैविध्यले संयुत
यो हो सुन्दर भेग मानिस तथा गुम्बाकला चर्चित
यात्रामा जब पुग्छन् जनहरु बस्छन् बडो विस्मयी
जस्मा स्वागत हुन्छ पर्यटकको अर्पेर खादा नुही ।
१५

ख्यातीप्राप्त छ गीत घाटु अथवा कौरा र रोदी पनि
डाँफे झैं सब नाँच्दछन् जनहरु बन्छन् वडो विस्मयी
माने नाँच र चोम्लु नाँच अथवा घोडा चढी नृत्यमा
पार्छन् विस्मित गानमा सब मिली तामाङ सेलो जहाँ ।
१६
तिप्लिङ मित्र रहेछ दृश्य गिरिको सौन्दर्यको शानको
हार्दी स्वागत गर्छ पर्यटकमा सिर्जेर उन्माद यो
धर्ती चारु रहेछ चारतिर नै गोठेन डाँडो जहाँ
राजाको दरवार् तियो खघि घले राजा रहन्थे त्यहाँ ।
१७

भाष भेष कला र संस्कृति तथा सोझा र सादा जन
गुम्बा सज्जित छन् अनेक रङका झण्डा पतका सङ
साह्रै धेर लयालु आलु गुलिया छन् माहुरीका मह
दोरा नाँच र गानको मधुरिमा हर्छन् सबैको बह ।
१८
लापा सेर्तुङसाथ तिप्लिङ मिली पैह्री रुबी भूषण
आतिथ्यै सब गर्दछन् जन यहाा राखेर मैत्रीपन
सारा ती बहुमूल्य पत्थर हुँदा सम्मानका निम्तिमा
यो धर्ती स्थल मानियो भुवनमा भ्याली रुबी नाममा ।
१९

झार्लाङमा जन मस्त छन् नदनदी गुम्बा हिमालचुली
छन् हाब्रे पनि मस्त विश्वभरका दुर्भभ्य प्राणी बनी
बस्तीमा नद छन् र कुण्ड पनि छन् तातो छ पानी यहाँ
बातव्यधि समस्त रोग जनका निर्मूल हुन्छन् जहाँ ।
क्रमस…. (धादिङ जिल्लाको साविकका ५० वटै गाविसहरुलाई समेटेर प्रा. डा. रामचन्द्र लम्सालले लेख्नु भएको धादिङश्रीबाट साभार)