ट्याक्टरबाट लडेर एक युवकको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शुसिल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, ट्याक्टरबाट लडेका विकलाई सोही ट्याक्टरले किचेको थियो । विकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल ट्याक्टर चालक भने फरार छन् । घटनाको विरोधमा अहिले स्थानीयले कान्तिलोकपथ अवरुद्ध गरेका छन् । संभावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।