धादिङमा १ लाख ५ हजार भेडा, बाख्रालाई खोप लगाउन सुरु

Avatar photo
शुसिला रिजाल
बिहिबार, माघ २७, २०७८

धादिङ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि खोप प्रदेशभर खोप अभियान थालेको छ ।

फागुन २ गते सम्म खोप लगाउन समय तालिका अनुसार मन्त्रालयले धादिङलाई १ लाख ७ हजार डोज खोप पठाएको मध्य १ लाख ५ हजार डोज खोप स्थानीय तहमा पठाई सकिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धादिङले जनाएको छ ।

गत वर्ष खोप लगाएको, ३ वर्ष मुनीका पाठा-पाठी बाहेक २ लाख ९७ हजार ७११ वटा भेडा, बाख्रा (गजुरी र रुबीभ्याली बाहेक) रहेपनि प्रदेशबाट खोपको मात्रा कम आएपछि स्थानीय तहमा त्यहि अनुपातमा खोप पठाईको पशुसेवा बिज्ञ केन्द्र धादिङले धादिङपोष्टलाई जानकारी दियो ।

स्थानीय तहले माग गरिए अनुसारको खोप पठाउन नसकिए पनि प्रदेशकाट आएको खोपको संख्यालाई स्थानीय तहले संकलन गरेको बाख्राको संख्या हेरि खोप पठाईएको छ । यो खोप १ पटक लगाएपछि ३ वर्ष सम्म लगाउनु कार्यालयले जनाएको छ ।

धादिङमा खोप लगाउनु पर्ने भेडा बाख्रा कति छन् ? कति खोप गयो
१. नीलकण्ठ- बाख्रा संख्या ५१,१०८, खोप संख्या १५,०००
२. धुनीबेसी- बाख्रा संख्या ३०,०००, खोप संख्या ८,०००
३. ज्वालामुखी- बाख्रा संख्या २५,१८३, खोप संख्या १०,५००
४. गजुरी- बाख्रा संख्या………., खोप संख्या १०,०००
५. थाक्रे- बाख्रा संख्या २५,०००, खोप संख्या ९,०००
६. बेनीघाट रोराङ- बाख्रा संख्या १५,०००, खोप संख्या ३,५००
७. त्रिपुरासुन्दरी- बाख्रा संख्या ३६,९६०, खोप संख्या ८,०००
८. गल्छी- बाख्रा संख्या ३७,९९०, खोप संख्या १०,०००
९. सिद्धलेक- बाख्रा २२,५००, संख्या खोप संख्या १०,०००
१०. गंगाजमुना- बाख्रा संख्या १७,२५०, खोप संख्या ५,०००
११. नेत्रावती डवजोङ- बाख्रा संख्या २१,२००, खोप संख्या ५,०००
१२. खनीयाबास- बाख्रा संख्या १५,५२०, खोप संख्या ५,०००
१३. रुबीभ्याली- बाख्रा संख्या…….. खोप संख्या ६,०००

बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा ११ सय ३७ खोप केन्द्र र ४६० जना जनशक्ति यो खोप अभियानमा सरिक छन् । प्रदेशमा ९३ हजार ६३९ भेडा, २३ लाख ५१ हजार २१७ बाख्रा रहेको मन्त्रालयको तथ्याङ्क छ । पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोपको मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख रामप्रकाश प्रधानले बताए।

खोप कार्ड, खोप अभिलेख फारम, खोप स्टिकर तथा तथ्याङ्क संकलनका लागि आवश्यक विवरण तयार गरी सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् खोप उपलब्ध गराइएको छ । खोप अभियान माघ २५ गतेबाट सुरुभएको यो साताव्इपी अभियान फागुन २ गनेसम्म सञ्चालन हुनेछ ।

भेंडा, बाख्रामा देखिने पीपीआर रोगका लक्षणहरु
पीपीआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्ने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो । यसको रोकथामका लागि पीपीआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ ।