राप्रपा धादिङले सबै स्थानीय तहमा तत्काल कार्यालय खोल्ने

Avatar photo
Dhadingpost
बुधबार, माघ २६, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले जिल्लाका सबै स्थानीय तहमा तत्काल पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार धादिङबेसी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष ध्रुर्व खनालले वैठकको निर्णयबारे धादिङपोष्टलाई जानकारी दिँदै भने, जिल्लाका स्थानीय तहमा तत्काल पार्टी कार्यालय खोल्ने फागुन १० गते भित्र सबै स्थानीय तहको बैठक प्रशिक्षण सक्ने, जिल्लामा रहेका ३१०० पार्टी सदस्यहरुलाई सदस्यता कार्ड वितरण गर्ने, नयाँ सदस्य थप्ने र आर्थिक कोष संकलन गर्ने निर्णय भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको १८ जना मनोनित समेत गरेर ४७ जनाको जिल्ला कमिटी छ । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।