
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित हिन्दुङमा भालुकाे आक्रमणबाट गम्भीर घाईते २५ वर्षिय शान्तिमायाँ तामाङलाई सेनाकाे हेलिकप्टरबाट उपचारकाे लागि काठमाडौं लगिएको छ ।
दिउँसाे घाँस काट्न जाँदा अन्दाजी ३ बजेकाे समयमा भालुले आक्रमण गरेकाे स्थानीय दिनेश तामाङले बताए । सेनाकाे हेलिकप्टरले साँझ काठमाडौं पुर्याए सँगै टिचिङ अस्पतामा उपचार सुरु भएकाे दिनेश तामाङले बताए ।