
धादिङ कार्तिक ४ । बागमती सरकारले तोकेको भन्दा बढी भाडा यातायता व्यवसायीहरुले लिन गरेको गुनासो आएको भन्दै बुधबार धादिङका राजनैतिक दलका नेताहरु जिल्ला प्रशासन पुगेर नियमन गरि तोकिएको भाडादर २२६ कायम गर्न माग गरे सँगै जिल्ला प्रशासनले तत्काल एक्शन लिएको पाईएको छ ।
सरकारले २३ प्रतिशद भाडा बढाएर भाडादर सार्वजनिक गरे पनि धादिङका यातायात व्यवसायीहरुले २८ प्रतिशद भाडा बढाएर टिकट काट्दा यात्रुहरु मारमा परेको र नियमन निकाय मौन रहेको भन्दै धादिङका दलहरुले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई भेटेर गुनासो व्यक्त गरेका थिए ।
दलहरुको आग्रह पछि तत्काल यातायात संचालकहरु सँग छलफल गरेका प्रमुख जिल्ला अधिकारीले बढीभाडा नलिन र लिएको पाईएमा कार्वाही गरिने जनाएका थिए । छलफल पछि व्यवसायीहरु सरकारी भाडादर मै टिकट काट्ने, नयाँ भाडादर रेट यात्रुले देख्ने ठाउँमा राख्ने, सिट क्षेमता भन्दा बढी यात्रु नबोक्ने सहमती भएको र यो सहमति भएको जिल्ला प्रशासनले जनाएको छ । साथै उक्त छलफलमा अस्थायी मार्गमा संचालन भएका सार्वजनिक यातायातहरुमा लागु रहेको भाडा दरलाई पुनरावलोकन गरि एकरुपता ल्याउन तत्काल अर्को बैठक बस्ने पनि सहमति भएको बताईएको छ ।
बागमती सरकारले दशैं लग्गतै उपत्यका भित्र २८ प्रतिशद र उपत्यका बाहिर २३ प्रतिशद भाडा बढाएपनि धादिङका बस व्यवसायीहरु दशै अघिनै आफूखुसी २८ प्रतिशद बृद्धि गरी २३५ लिँदै आएका थिए । प्रदेश सरकारले तोकेको भाडादर अनुसार धादिङ-काठमाडौंको भाडादर २२६ रुपैया बनाउनु पर्नेमा व्यवसायीहरुले त्यो निर्णय मानि रहेका थिएन् ।







































