
धादिङ कार्तिक ३ । बागमती सरकारले दुई दिन पहिला तोकेको भाडादर धादिङका बस व्यवसायीहरुले कार्यान्वयन नगर्दा यात्रुहरु मारमा परेले तोकिएको भाडादर गराउन माग गर्दै धादिङका राजनैतिक दलहरुले सीडीयोलाई दवाव दिएका छन् ।
माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका उप सभापति भक्त लामा, जसपा धादिङका अध्यक्ष राम ढकाल नेकपा (एकीकृत समाजवादी) लगायत दलका प्रतिनीधिहरुले आज धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई भेट गरी तत्काल बागमती प्रदेश सरकारले तोकेको भाडा दर कायम गराउन माग गरेका हुन् ।
दलहरुले धादिङका ग्रमिण रुटमा चल्ने यातायातले यात्रुहरु सँग मनलाग्दी भाडा लिई रहेकोले तत्काल भाडा दर तोक्न समेत प्रमुख जिल्ला अधिकारी लम्साललाई आव्हान गरेका छन् । दलहरुको मागलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले तत्काल बस काउण्टरहरुमा बागमती सरकारले तोकेको भाडादर टाँस्न लगाउने र बढी भाडा लिएको पाईमा कार्वाही गरिने बताएका छन् साथै उनले ग्रामिण रुटमा समेत अनुगमन गरिने र भाडादर तोकिने बताए ।
बागमती सरकारले दशैं लग्गतै उपत्यका भित्र २८ प्रतिशद र उपत्यका बाहिर २३ प्रतिशद भाडा बढाएपनि धादिङका बस व्यवसायीहरु दशै अघिनै आफूखुसी २८ प्रतिशद बृद्धि गरी २३५ लिँदै आएका छन् । प्रदेश सरकारले तोकेको भाडादर अनुसार धादिङ-काठमाडौंको भाडादर २२६ रुपैया बनाउनु पर्नेमा व्यवसायीहरुले त्यो निर्णय मानि रहेका छैनन् ।










































