कत्ले कीरा नियन्त्रण विधि

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १७, २०७८

धादिङ भाद्र १७ । सुन्तला, कागती, जुनार, अमिलो लगायतको फलफुहरु यो कत्ले किरा (Scale Insects) देखिने गर्दछ । जुन नरम शरीर र कडा शरीर गरि दुइ किसिम का हुन्छन । नरम शरीर भएकाले गुलियो प्रदार्थ निकाल्ने गर्दछन । फलको बोक्रामा दाग बनाउने हुँदा फल आकर्षक एवम् रसिलो पनि हुँदैन । यस किराको आक्रमण समय मै नियन्त्रण गर्न सकिन भने पात झर्ने र हाँगा नै सुक्ने हुन्छ ।

कीरा धेरै मसिनो खरानी रङ देखि खैरो रङको हुन्छ । कत्ले किराबाट किवी खेतीमा बढि नोक्सानी भएको पाइएको छ । यो किराले डाठँको , पातको मध्य नसामा र फलमा बसेर रस चुस्ने गर्दछ । रस चुस्ने गर्दछ । रस चुस्न बसेको स्थानमा किराहरु टासिएर बसेका हुन्छन् किराको सङ्ख्या धेरै भएमा खप्टीएर बसेका देखिन्छन् ।

नियन्त्रण विधि
एट्सो(सर्बो एग्रो स्प्रे नामक खनीज तेल १०–२० एम।एल प्रति लिटर पानीमा मिसाईफूल फुल्नु भन्दा पहिले अर्थात पौष र माघ, जेठ देखि भाद्र सम्म १५–१५ दिनको अन्तरमाबोट पुरै भिज्ने गरी छर्कने । जुनार सुपर जोन खनियाखर्क सिन्धुली ले गरेको प्रयोग अनुसार सर्बो तेल १० एम एल प्रति लिटर पानी र Dimethoate /रोगर १ एम एल प्रति लिटर पानीमा मिसाई १० १० दिनको फरकमा छर्दा प्रभाबकारी देखिएको छ ।

दादे रोगः सुन्तलाजात बालीमा (Scab disease) नामक ढूसीबाट दादे रोग लाग्छ । यसले पात र फलमा बढि असर देखाउंछ । पातको माथिल्लो भागमा दाद जस्तो गिर्खा देखिन्छ । यसको प्रकोप बढि हुंदै जांदा फलमा सर्छ । यसले सबभन्दा बढि फललाई क्षति गर्छ । यो रोगले आक्रमण गरेपछि फलको बोक्रामा खस्रा फोका उठेका दादहरू देखिन्छ । हालसम्म जानकारी भए अनुसार नेपालको काभे्र जिल्ला खासगरि शंखुपाटिचौर क्षेत्रमा यो रोगले अत्यधिक मात्रामा असर पारेको देखिन्छ । यो रोगले बोटलाई तुरुन्त असर नपारेता पनि फलको बजार मुल्यमा भने प्रत्यक्ष प्रभाव पार्छ ।

नियन्त्रण बिधिः
रोगी क्षेत्रमा उत्पादन गरेका बिरुवा नलगाउने र अन्यत्र पनि बिक्रि बितरण नगर्ने । नियमित रुपमा पौष–माघ, बैशााख–जेठ र भदौ–असोज गरि बर्षको ३ पटक १ प्रतिशत बोर्डो मिश्रण स्प्रे गर्ने । यसका समथै बेनोमिल वा कार्बेन्डाजीम १ ग्राम/लि. पानीमा मिलाई छर्ने । फोटो : मिलन श्रेष्ठ