मौरी चराउन धादिङमा

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २९, २०७८

धादिङ गजुरी साउन २९ । गजुरी (धादिङ) हामीले भेडाको चरिचरन गर्मी समयमा हिमाली क्षेत्र र जाडो समयमा पहाड तथा तराई सारेको थाहा पाएका थियौ । पछिल्लो समय मौरीको चरन पछि कहिले तराई त कहिले पहाडी क्षेत्रमा सारेको पाइन्छ । मौसम अनुहान आहारा पाइने ठाँएमा सारिन्छ सिधा भाषा ।

त्यति मात्र होइन मौरीले बच्चा उत्पादन गर्न फक्रिन लागेको धान र मकै आवश्यक हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा चराउन लानु पर्ने हुन्छ । त्यसलाई आहारा पनि अनिर्वाय हुने भएकाले आहारा पाइने र शान्त बतावरण भएका ठाँउहरुमा लाने गरेको चितवनबाट मैरी चराउन धादिङ आएका अर्जुन कार्कीले बताए ।

डेढ महिने कार्यतालिका अनुसार धादिङ मौरी चराउन चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ७ बाट रागव मौरी र्फम जुटपानीका सुरेश बस्नेत, खैरेनी नगरपालिका वडा नं. ८ बाट सन्देश मौरी र्फम पर्साका महोन कार्की र एस मौरी मौरी तथा कृषि र्फमका अर्जुन कार्की धादिङको गजुरी गाँउपालिका वडा नं ६ बन्छेटार र गल्छी गाँउपालिका वडा नं. ६ जिन्टे तथा पाहरी चौरमा डेरा लिएर मौरी चराइरहेकाछन् ।

यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसंग न्युतम भाडादरमा कतै नगद र कतै मह दिने गरी द्विपक्ष समझदारी गर्ने गरेको कार्कीले बताए । यति वेला उहाँहरुले केही घार चितवनमा, केही घार देवघाट तनहुँमा र केही घार धादिमा ल्र्याकाछन् ।

धादिङमा ल्याएका घार मध्ये रागव मौरी र्फमको एक सय ७०, सन्देश मौरी र्फमको एक सय ६० र एस मौरी तथा कृषि र्फमको एक सय ५० रहेको छ । एक घारबाट वर्षमा छ देखि सात पटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्ने गरेको कार्कीले बताए ।

केही वर्षदेख प्रति केजी छ सय पचास रुपयाँमा घरबाट विक्री गरिरहेको सुनाए । यसरी वार्षिक ४० लाखको हाराहारीमा कारोवार गदै आएको कार्कीले बताए । हेर्दा एकमुष्ठ पैसा धेरै देखिएपनि खर्च पनि सोही अनुसार हुने उनले सुनाए । हरेका मौसममा फरक फरक ठाँउमा पु¥याएर चराउनु पर्ने वाध्यता छ ।

चितवनको हावापानी सधै उकनासकये हुदैन । कहिले चिसो कहिलो तातो र वर्षपनि त्यहि किसिमको हुन्छ । मौरी दुवानी गर्नु आफैमा जोखिमयुक्त काम भएको कार्कीले बताए । राजेन्द्र वस्नेत कारोवार दैनिकबाट साभार