
धादिङ साउन ६ । धादिङका ६ वटा यातायात व्यवसायीहरुले मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै अनिस्चितकालिन यातायात सेवा बन्द गराए पनि यातायात व्यवसायीहरुले आफुखुसी बस सेवा संचालन गरेका छन् ।
समितिले आफुखुसी साविकको भाडामा २८ प्रतिशत भाडा बृद्धि गरेपछि नागढुङ्गा ट्राफिक प्रहरीले भाडा बढी लिएको भन्दै चिट काट्न थाले पछि धादिङका ६ वटा यातायात समितिले विज्ञप्ती निकालेर सार्वजनिक यातायात सेवा दिन नसकिने जनाए पनि बस धनीहरुले आफुखुसी बस संचालन गरेका छन् ।
समितिले मंगलबार बस भाडा बढाउन पाउनु पर्ने, साविकको भाडादरमा बस चलाउन नसकिने भनेर विज्ञप्ती जारी गरेपनि टिकट काउण्टर भने बुधबार पनि खुल्ला गरेका छन् । टिकट नकाट्ने र काउण्टर खुल्ला हुने यात्रुहरु अफ्ठ्यारोमा पर्न थाले पछि बस सेवा दिईएको एक चालकले धादिङपोष्टलाई बताए ।
समितिले सम्बन्धीत ठाउँमा वार्ता गरि समस्याको समाधान गर्नु पर्ने ठाउँमा यातयात नै बन्द गर्दा व्यवसायी नै मर्कामा परेको भन्दै आफु नियमित बस संचादलन गर्ने ति बस चालक बताउँछन् ।
यस अघिका समाचारहरु
- कालुपाण्डे राजमार्ग खुल्यो तर बस चलेन
- धादिङका बस संचालकद्वारा कालुपाण्डे राजमार्ग बन्द
- धादिङमा बस भाडा २८ प्रतिशतले बृद्धि (भाडा दररेट समेत)
समितिको हरुको विज्ञप्ती जस्ताको तस्तैः
