कालुपाण्डे राजमार्ग खुल्यो तर बस चलेन

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७८

धादिङ साउन ५ । बिहान केहिबेर बस धनीहरुको अवरुद्धपछि धादिङबेसी कालुपाण्डे राजमार्ग खुलेको छ ।

बढी भडा लिएको भन्दै नागढुङ्गा ट्राफिक प्रहरीले १००० देखि ५००० हजार सम्म जरिवाना लिन थाले पछि बिहान केहि बेर विरोध स्वरुप कालुपाण्डे राजमार्ग बन्द गराएका हौं । अहिले राजमार्ग खुल्यो तर बस भने हाम्रो माग सम्बोधन नहुँदा सम्म नचलाउने व्यवसायीहरु बताउँछन् ।

यतायात संघ संस्थाहरुको निर्णय अनुसार हामीले यात्रु सँग बढेको भाडा लिएका हौं । तेलको मुल्य घटाए आफुहरु भाडा घटाउन तयार छौं । तेलको यहि मुल्यमा पुरानै भाडा दरमा बस चलाउन सक्दैनौं आन्दोलनरत बस धनीहरु बताउँछन् ।

धादिङमा केहि दिन पहिला बस संचालकहरुले समितिले सरोकारवाला निकायलाई कुनै जानकारी नदिई २८ प्रतिशत भाडा बढाएका थिए ।फाईल फोटो