धादिङका बस संचालकद्वारा कालुपाण्डे राजमार्ग बन्द

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७८

धादिङ साउन ५ । धादिङका यात्रुवहाक बसहरुले यात्रु सँग बढी भाडालिएको भन्दै नागढुङ्गामा ट्राफिक प्रहरीले धमा-धम जरिवाना गर्न सुरु गरे सँगै धादिङका बस संचालकहरुले कालुपाण्डे राजमार्ग बन्द गराएका छन् ।

केहि दिन अघि धादिङका यातायात व्यवसायी संस्थाहरुले मनोमानी ढंगबाट २८ प्रतिशत भाडा बढाए सँगै नागढुङ्गामा ट्राफिक प्रहरीले रोकेर जरिवाना लिन थाले पछि धादिङका बस संचालकहरुले मंगलबार बिहान कालुपाण्डे राजमार्गको च्याडुमा बस तेस्र्याएर सडक अवरुद्ध गरेका हुन् ।

धादिङ-काडमाडौं को १६५ भाडा एकै पटक बढाएर २३५ पुगे पनि धादिङका राजनीतिक दल, जिल्ला प्रसासन, स्थानीय तह, विद्यार्थी गठबन्धन लगायत सरोकारवालाहरु मौन थिए । जिल्लाका स्थानीय मिडियाहरुले भाडा समायोजनका विषयमा आवाज उठाए सँगै नागढुङ्गामा ट्राफिक प्रहरीले जरिवाना गर्न सुरु गरेको थियो ।

यसरी लेखेका थिए स्थानीय मिडियाले भाडा बढाएको खवरहरु

  • धादिङमा बृद्धि भएको बस भाडा फिर्ता गर्न अखिल क्रान्तिकारीको दवाव -धादिङपोष्ट
  • धादिङमा बस भाडा २८ प्रतिशतले बृद्धि (भाडा दररेट समेत) -धादिङपोष्ट
  • सार्वजनिक सवारीको भाडा वृद्धि,यात्रुवाहकमा २८ प्रतिशत बढ्यो –धादिङ संचार
  • धादिङमा सार्वजनिक यातायातको भाडामा भारी वृद्धि -रेडियो बिहानी
  • धादिङमा कुन आधारले बढाइयो सार्वजनिक यातायातको भाडादर ? पाविल न्यूज
  • सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतले वृद्धि, वृद्धि भएको मुल्य प्रति यात्रुहरुको गुनासो -धादिङअपडेट
  • धादिङमा चल्ने सार्वजनिक यातायातको यस्तो छ नयाँ भाडा दर -नागरिक पाटी

अवैज्ञानिक भाडा समायोज, यात्रुहरु मर्कामा जस्ता खवरहरु सार्वजनिक भैई रहँदा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाहेक अन्य विद्यार्थी संगठनहरु चुइक्क सम्म बेलेका छैनन् ।

बेलाबखत राजनीतिक दलहरुलाई विटोले स्वागत गर्ने यातायात व्यवसायीहरुको चर्को भाडा बृद्धिमा दलहरु त बोल्ने कुरै आएन । तथापी जिल्लाको तालुक अड्डा जिल्ला प्रशासनले समेत यत्तिका दिन भाडाको विषयमा सार्वजनिक चर्चा हुँदा सम्म सुनेको नसुने जस्तै कुनै प्रतिकृया जनाएको देखिँदैन ।

(तस्वीरः कालुपाण्डे मार्ग बन्द भएपछि यात्रुहरु धादिङबेसी पुछारबजार टिकट काउण्टरमा रोकिएको अवस्थ)