धादिङको नीलकण्ठ नगरपालिका देशभरमा दोस्रो, बागमतीमा पहिलो उत्कृष्ट

Avatar photo
Dhadingpost
शुक्रबार, असार २५, २०७८

धादिङ असार २५ । धादिङको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरिमा दोस्रो र बागमती प्रदेशभरिमा प्रथम उत्कृष्ट भएको घोषणा गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा भएको काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सहसचिव सहित विज्ञटोलीले गरेको मुल्याङ्कनको आधारमा २ सय ९३ नगरपालिका मध्य दोस्रो र बागमती प्रदेशका ११९ स्थानीय तह मध्य नीलकण्ठ नगरपालिका प्रथम भएको हो ।

बिहिबार धादिङका संचारकर्मीहरु सँग कुरा गर्दै नगर प्रमुख ढुङ्गानाले विकास निमार्णको काम, शुसासन, पारदर्शीता, सुचनाको हक, वातावरणीय पक्ष लगायतको कामलाई सुक्ष्म अध्ययन गरि विभिन्न सूचाङ्कको आधारमा मुल्याङ्कनमा नेपाल सरकारले नीलकण्ठलाई देशभरिमा दोस्रो र बागमती प्रदेशभरिमा प्रथम उत्कृष्ट घोषणा गरिएको बताउनु भएको हो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङ्कनको १०० पुर्णअंको सूचकमा ९३.५ अंक ल्याउदै नीलकण्ठ बागमती प्रदेशको उत्कृष्ट नगरपालिका बनेको हो ।

यस अघि ०७६/७७ मा पनि नलिकण्ठ नगरपालिका १०० पुर्णअंको सूचकमा ८७ नम्बर अंक ल्याउँदै देशभरमा प्रथम भएको थियो ।