मन्त्री डा. रामकुमार अधिकारीले भोली धादिङ अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
बुधबार, असार ९, २०७८

धादिङ असार ९ । धादिङबाट निर्वाचित प्रदेश सांसद एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका राज्य मन्त्री डा. रामकुमार अधिकारीले बिहिबार धादिङ अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन गर्ने हुनुभएको छ ।

जिल्ला अस्पताल धादिङको ४० लाख खर्चमा अक्सिजन प्लान्टको उपकरण जडान कार्य असार ६ गते नै सम्पन्न भई परिक्षण समेत भैसेकोले मन्त्री अधिकारीले असार १० गते ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिमिनेट ८५–९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने यस प्लाण्टबाट उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई.सी.यू. र अन्य वार्डमा रहेका बेड बेडमा पुर्‍याईएको छ ।

जिल्ला अस्पतलामा प्रदेश सरकारले फेरी अर्को प्लान्ट बनाउँदै

धादिङको सदरमुकाममा रहेको जिल्ला अस्पताल सहित ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बोलपत्र आह्वान गरि सकेको छ ।

प्रदेश सरकारले धादिङको जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, काठमाण्डौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरिएका हो ।

यो प्लान्ट बनिसकेपछि सिलिण्डरमा भरेर जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा समेत लान सकिने सुविधा हुने सूचना अधिकारी विकले बताउनु भयो ।

यो पनि पढौं