धादिङ सहित ४ जिल्लामा पीसीआर ल्वाव बनाउन बाेलपत्र आव्हान

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १४, २०७८

धादिङ जेष्ठ १४ । धादिङ सहित ४ जिल्लामा पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ । बिहिबार बागमती प्रदेशले सुचना प्रकाशित गर्दै एक महिनाको समयसिमा राखीे टेन्डरको आह्वान गरेको हो ।

धादिङ अस्पताल, चितवनको रत्ननगर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र रामेछाप अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि टेण्डर आवहान गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले २ चरणमा गरि सबै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने गरि काम गरिरहेको छ । पहिलो चरणमा ४ वटा जिल्लामा पिसिआर ल्याबहरु स्थापना गर्ने मन्त्रालयले जनाएको छ । हाल बागमती प्रदेश सरकार मातहतका ६ वटा पिसिआर ल्याब सञ्चालनमा रहेका छन्, जसमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, त्रिशुली अस्पताल , सिन्धुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल र चरिकोट अस्पतालमा पिसिआर परिक्षण सञ्चालन हुँदै आएको छ ।