
धादिङ जेष्ठ २८ । धादिङका राम्रा फुटबल खेलाडी मध्य पर्ने सुमन श्रेष्ठ विगत ३ दिन देखि आँखुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता छन् ।
बुधबार स्थानीय पौडी वाजकहरुले खोजविन गर्दा नभेटिए पछि उनको खोजविनका लागि बिहिबार शशस्त्र प्रहरीका गोताखोरहरु घटना स्थल ल्याईएको थियो ।
दिउँसो ३ बजेबाट खोजविन सुरुगरेका गोताखोरहरुले समेत श्रेष्ठलाई फेला पार्न नसकेपछि शुक्रबार पनि पुन: गोताखोरहरुले खोज विन गर्ने बताईएको छ ।
खोजविनका लागि बिहिबार गोतोखोरको साथमा नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गाना लगायत वेपत्ता सुमन श्रेष्ठका ३ दर्जन भन्दा बढी शुभचिन्तकहरु घटना स्थलमा सरिक थिए ।


