
धादिङ जेष्ठ २६ । धादिङका फुटबल खेलाडी नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् ।
आज बिहान ८ बजे साथीहरु सँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका थिए । त्यहि क्रममा आँखुखोलाले बगाएर वेपत्ता पारेको प्रहरीले जनाएको छ ।
अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजविन जारी राखेको बताएको छ ।
सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् ।
मंगलबार मात्रै गजुरी स्थित त्रिशुलीमा १ जना र ज्वालामुखी खण्ड बुढीगण्डकीमा ३ जना वेपत्ता भएका थिए ।