
धादिङ जेष्ठ १३ । मानविय क्षेत्रमा सहयोग गर्दै आएको टुकी नेपालले ज्यामरुङ स्वास्थ्य चौकी पाङ्ग्रे र स्वास्थ्य बिन्दु हनुमान डाँडालाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
टुकी नेपाल अध्यक्ष एवम् समाजसेवी कमल सापकोटाका अनुसार सरकारी यी दुई स्वास्थ्य संस्था र टुकी नेपाल आफैले संचालन गरेको ज्यामरुङ स्वास्थ्य परियोजना गरी ३ वटै स्वास्थ्य संस्थामा टुकी नेपालले अक्सिजन सिलिण्डरको व्यवस्था गरेको हो ।
हामीले ज्यामरुङमा पीसीआर परिक्षणको लागि स्वाब संकलग गर्ने अनुमती मागेका थियौं तर नगरपालिकाले अनुमती नदिएकोले उक्त प्रयोजनका लागि लगिएको 500 VTM ( PCR) किट नगरपालिकालाई नै हस्तान्तरण गरिएको समेत अध्यक्ष सापकोटाले धादिङपोष्टलाई बताउनु् भयो ।
सापकोटाले काठमाडौँ मा आइसोलेसन बस्नु परेमा हस्पीटलमा सहजीकरण गर्नु परेमा, COVID-19 को बारे डाक्टरहरु संग परामर्स लिनु परेमा पनि टुकी नेपालले सहजीकरण गर्दै आएको छ ।