
धादिङ जेष्ठ ५ । सामाजिक सेवामा समर्पित हुँदै आएको टुकी नेपाल समाजले धादिङको ज्यामरुङमा घुम्ती सेवा सुरु गर्ने तयारी गरेको छ ।
टुकी नेपाल समाजका अध्यक्ष एवम् अभियान्ता कमल सापकोटाका अनुसार कोभिड १९ रोकथाम तथा उपचारका लागि टुकी नेपालले ज्यामरुङका टोल टोलमा घुम्ती सेवा, स्वाब संकलन देखि स्वास्थ्य सुरक्षाका सामाग्री निशुल्क प्रदानका लागि नीलकण्ठ नगरपालिका सँग अनुमती माग गरिएको छ
टुकी नेपाल समाजले संचालन गरेको ज्यामरुङ्ग स्वास्थ्य परियोजना अन्तरगत बुधबार मात्रै ५ ओटा अक्सिजन सिलिण्डर ज्यामरुङ पुगेको छ । विरामीलाई तुरुन्तै अक्सिजन आवश्यकता पर्दा एम्बुलेन्स नआउँदा सम्म नि:शुल्क आकस्मिक सेवा दिन सुरु गरिएको सापकोटाले बताउनु भयो । साथै नगरपालिकाले अनुमति दिएको खण्डमा छिटै नीलकण्ठको वडा नम्बर १० र ११ को टोल टोलमा घुम्ती सेवा संचालन गरी स्वाब संगकलन र जनचेतना मुलक कार्यक्रम गरिने समेत उहाँले धादिङपोष्टलाई बताउनु भयो ।