धादिङमा आज १३७ जना संक्रमित, ५ जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ४, २०७८

धादिङ जेष्ठ ४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यहि अवधिमा कोरोनाको कारण ५ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा धुनीबेसी नगरपालिकामा ७, गल्छी गाउँपालिकामा २९, गजुरी गाउँपालिकामा २, बेनीघाट रोराङ्ग गाउँपालिकमा १, ज्वालामुखीमा गाउँपालिकामा ३८, गंगाजमुना गाउँपालिकामा १, नेत्रावती गाउँपालिकामा २४, धादिङ्ग अस्पतालमा २४ र जिल्ला ११ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको यहि अवधिमा नीलकण्ठ नगरपालिकामा २ जना पुरुष, धुनीबेसी नगरपालिकामा २ जना पुरुष र सिद्धलेक गाउँपालिकामा १ जना पुरुष गरि ५ जनाको मृत्यू भएको छ, यो संगै धादिङ जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

आजै धादिङमा ३१ जना कोरोना निकोभई डिस्चार्ज भएका छन् ।

जिल्ला भित्र ८८२ र जिल्ला बाहिर २८८ गरेर धादिङ्गको जम्मा सक्रिय केश ११७० पुगेको छ । जिल्ला भित्र हस्पिटल आसोलेसनमा १७, संस्थागत आइसोलेसनमा धुनीबेसी १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ५, गजुरीमा ५, बेनिघाट रोराङ्गमा ६, गंगाजमुनामा २ जना रहेका छन् भने जिल्ला भित्र होम आइसोलेसनमा ८४१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल तथा संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा २६२ जना रहेका छन् ।

धुनीबेसी नगरपालिकामा १६, गल्छी गाउँपालिकामा ७८, गजुरी गाउँपालिकामा १०, रुबिभ्याली गाउँपालिकामा ९ र गंगाजमुना गाउँपालिकामा ३६ गरि आज जिल्ला भित्र १४९ स्वाब संकलन भएको छ ।