धादिङ जेष्ठ ४ । धादिङ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको जिल्ला हो । यस जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन लिन बारा जिल्लाको सिमरा जानु पर्ने वाध्यता त छँदैछ ।
उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाले अक्सिजन भर्न पठाएका सिलिण्डरहरु त झनै पालिका पुग्न हप्तौं लाग्ने भौगोलिक विकटता त छँदैछ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि धादिङका स्थनीय तहका प्रमुख एवम् स्वास्थ्य संयोजकहरु सँग आईशोलेशन बेड र अक्सिजन सिलिण्डर कति छन् भनेर जिज्ञासा राखेका थियौं ।
पालिकाहरुले दिएको जानकारी अनुसारको विवरण
- जिल्ला अस्पताल, धादिङ आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर २५० वटा
- नीलकण्ठ नपा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर ६ वटा
- धुनीबेसी नपा, आईशोलोशन २० बेड, अक्सिजन सिलिण्डर ३० वटा
- थाक्रे गापा, आईशोलोशन १० बेड, अक्सिजन सिलिण्डर १५ वटा
- गल्छी गापा, आईशोलोशन ५० बेड, अक्सिजन सिलिण्डर २० वटा
- गजुरी गापा, आईशोलोशन ३० बेड, अक्सिजन सिलिण्डर २५ वटा
- बेनीघाट रोराङ गापाा, आईशोलोशन ३४ बेड, अक्सिजन सिलिण्डर २८ वटा
- सिद्धलेक गापाा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- ज्वालामुखी गापा आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- नेत्रावती डवजोङ गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर ५ वटा
- त्रिपुरासुन्दरी गापा, आईशोलोशन १५ बेड, अक्सिजन सिलिण्डर १२ वटा
- गंगाजमुना गापा, आईशोलोशन ५ बेड, अक्सिजन सिलिण्डर १३ वटा
- खनियावास गापा, आईशोलोशन १२ बेड, अक्सिजन सिलिण्डर १६ वटा
- रुबीभ्याली गापा, आईशोलोशन ११ बेड, अक्सिजन सिलिण्डर १७ वटा