धादिङ-काठमाडौं सम्पर्क मञ्चका सानु लामाको निधन

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ४, २०७८

धादिङ जेष्ठ ४ । माओवादी केन्द्र निकट धादिङ काठमाडौं सम्पर्क माञ्चका सदस्य सान लामाको धुलिखेल अस्पतालमा निधन भएको छ ।
धुनीबेसी नगरपालिका ३ निवासी ४४ वर्षिय सानु लामाको कोभिड संक्रमण पछि धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको सम्पर्क मञ्चका अध्यक्ष विनोदबाबु रिमालले बताउनु भयो ।

वाईसिएल धादिङका पूर्व जिल्ला कमिटी सदस्य, नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) धुनीसीको नगर सचिवालय सदस्य तथा वडा नं. ३ का पार्टी इन्चार्ज समेत रहनुभएका लामाको मंगलबार निधन भएको हो ।