
अभिभावक र बालबालिकाहरुको गुनासो अनि तारतम्यका विषयमा १५ वर्ष उठबस गर्न पाएँ । अनुभवले मलाई धेरैजसो उत्सुक र कतिवेला विह्वल बनाइदिन्छ । बिगत हेरेर आगत निर्धारण गर्ने तपाईं हामीलाई बालबालिकाको यो विषय अर्थात उनीहरुको नयाँ सिकाई र माग अनि तरिकाहरुमा फेल खुवाउँछ, किनभने समयले विकास र विकासले सञ्चारका माध्यम अनि तिनका आयामहरु थप्दै लगेको छ ।
विद्यालयमा अभिभावक भेलामा वा सन्दर्भले घर वा घर बाहिर पनि धेरै जसो अभिभावकले शिक्षक शिक्षिका देख्ने बित्तिकै मेरो नानी हेर्नुहोस् त बदमास छ भन्दिने र कुरा लाइदिने जस्ता आनिबानीले पनि उनीहरुमा संकुचित हुनुपर्ने अवस्था सिर्जना भैरहेको छ । अनि अभिभावकहरुसँगको उनीहरुको सम्बन्धमा आँच आउनु शुरु गर्छ ।
व्यस्तताका बाबजुद हेरालु राखिएका नयाँपिँढीका बालबालिकाहरुको झन छुट्टै कथाब्यथाहरु भेटिन्छन् । समय परिस्थिति अनि जागिरे जीवनले सबै अभिभावकहरु आ–आफ्ना नानीबाबुहरुसँग सँगै दिनचर्या बिताउन नसक्ने पनि छन् भने वाध्यताले विदेश हुनेहरु पनि हुनुहुन्छ । यो अझै खतरानाक साबित भएको पाइन्छ ।
नानीबाबुहरुसँग सब भन्दा महत्वपूर्ण सम्बन्ध उनीहरूको आमा वा बुबा वा हेरचाहकर्तासँग विकास गर्नुपर्छ । नानीबाबुहरूले उनीहरूको वरिपरि संसारको बारेमा सकारात्मक आमा बुबा-बच्चा सम्बन्धको माध्यमबाट सिक्छन् ।
जब उनीहरू बढ्दै र परिवर्तित हुँदैछन्, बालबालिकाहरूले आफ्ना आमा-बुबा आफ्नो सुरक्षाको लागि रहेको र आफू सुरक्षित, खतरादेखि प्रतिरक्षित र माया गरिएको हो या होइन भनेर निर्धारण गर्नसक्ने बन्छन् । यही एउटा आधार हो जसले परिस्कृत र सभ्य, समृद्ध परिवार अनि सुरक्षित र सभ्य समाजको विकास गर्न उनीहरू आफ्नो भावी सम्बन्धहरू निर्माण गर्नसक्ने हुन्छन् ।
त्यसैले उनीहरुलाई म थाकेकोछु, एकछिन मलाई किचकिच नगर, तिमी चुप बस, धेरै हल्ला नगर, अनावश्यक प्रश्न नगर, अर्काको कुरा नगर, धेरै नचल वा अन्यअन्य चुप गराउने वा सिकाई अबरोध गर्ने र नकारात्मक भाव पैदा हुने कुनै पनि भाषा शैली वा आदेशहरु नदिन सुझाव गर्दछु ।
तपाईं आफ्नो बच्चासँग यो क्षणमा भएको, गुणस्तरीय समय सँगै बिताएर, र उनीहरूलाई अन्वेषण गर्न सहज महसुस गर्ने वातावरण सिर्जना गरेर सकारात्मक अभिभावक–बच्चा सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ ।
यस सम्बन्धलाई सही बनाउनको लागि कुनै गोप्य पुस्तिका वा ग्यारेन्टी दृष्टिकोण छैन, र तपाईंले धेरै कठिनाइहरू भेट्टाउनुहुनेछ । जे होस्, तपाईं आफ्नो सम्बन्ध सुधार गर्नको लागी काम जारी राख्नुहुन्छ, उनीहरुका अनेकन प्रश्नहरुको उत्तर दिनुहुनेछ, प्रकारान्तरले असल र खराब आनिबानीहरु र कृयाकलापहरुको विषय छुट्याउन सिकाउनु हुनेछ । अनि सबै समान र सह अस्थित्वमा छन् भनेर एक अर्काको सहयोग विना जीवन असम्भव छ भन्नेकुरा सम्झाउनुहुन्छ भने तपाईंको बच्चा पक्कै फूल्नेछ । केही सकारात्मक-प्रविधिको यहाँ सुझाव गरेको छु जसले तपाईं र तपाईंको बच्चाको बीचको सम्बन्ध बलियो बनाउन मद्दत गरोस् ।
१. बालबालिकाहरुलाई प्रसस्त मायाँ देखाउनुहोस् ।
मानव स्पर्श र मायालु स्नेह, स्वस्थ अनि भावनात्मक र न्यूरोबायोलोजिकल विकासको लागि हाम्रो जीवनको प्रत्येक चरणमा आवश्यक छ। तपाईंको बच्चाले दिनभरि धेरै चोटि कोमल, मायालु स्पर्श र तपाईँको न्यानो अंगालो प्राप्त गर्नु महत्वपूर्ण छ । प्रत्येक कुराकानीलाई तपाइँको बच्चासँग जोडिन गर्ने अवसरको रूपमा व्यवहार गर्नुहोस् । न्यानो अभिव्यक्तिको साथ उनीहरूलाई अभिवादन गर्नुहोस्, आँखा जुध्न दिनुहोस्, आँखाको भावले कुराहरु र अभिब्यक्तिहरु बुझ्न दिनुहोस्, मुस्कुराउनुहोस्, र इमान्दार अन्तर्क्रियालाई प्रोत्साहित गर्नुहोस्।
२. अक्सर म तिमीलाई माया गर्छु भन्नुहोस् ।
हेर्दा समान्य लाग्छ कि हामी हाम्रा बच्चाहरूलाई माया पक्कै गर्दछौं, तर उनीहरूलाई समान्यकुराहरुमा मन दुख्छ किनभने उनीहरु संवेदनशील हुन्छन् । जब तपाइँको बच्चा बदमास भइरहेको छ वा तपाइँलाई मन नपरेको वा गर्ननहुने गरिरहेको छ भने यो तपाईँका लागि एक उत्कृष्ट अवसर हो तिनीहरूलाई सम्झाउनको लागी । तपाइँ उनीहरूलाई बिना शर्त मायाँ गर्नुहोस् र सम्झाउनुहोस् । गलत गर्यो तर अब गलत गर्नहुन्न । अब ध्यानदिउ तर हार नमान । म छु तिमी धेरै चिन्तित नहुनू, भन्नुहोस् । तर हामी अन्जानमा गाली गरिरहेका हुन्छौँ । एक साधारण “I love you” ले तपाईंको बच्चा संग तपाईंको दीर्घकालीन सम्बन्धमा ठूलो सकारात्मक सहयोग गर्न सक्छ।
३. सीमा, नियम, र परिणामहरू सेट गर्नुहोस्
बालबालिकाहरू बढ्दै जाँदा उनीहरूको संरचना र मार्गदर्शन चाहिन्छ र उनीहरूको वरपरको संसारको बारेमा आफैँ सिक्दछन् । जस्तो विवाह र ब्रतबन्धमा सहभागी भएका बालबालिकाहरुलाई तपाईँले धेरै सिकाउन पर्दैन । उनीहरुले देखेर धेरै सिक्छन् । तर यदी उनीहरुले त्यसलाई घरमा फर्केर अभिब्यक्त गर्न सक्छ कि सक्दैन ? त्यो महत्वपूर्ण छ ।
त्यसैले सिकाईमा सीमा भनेको हैन कि अबधारणा बनाउन उनीहरुले आफ्नो क्षमता लय र पूर्णता कति दिन सक्छन् । त्यो निर्क्योल गर्नु बढी महत्वपूर्ण छ । यतिबेला तपाइँले उनीहरूबाट के अपेक्षा गर्नुहुन्छ भनेर कुरा गर्नुहोस् र उनीहरूले बुझेको निश्चित गर्नुहोस् ।
यसरी तपाईँले उनीहरुबाट अपेक्षा राख्दा ग ग्रेडको पाउनुभयो भने एकैपटक क ग्रेड चाहन्छु वा उत्कृष्ट हुनैपर्छ नत्र म रिसाउँछु जस्ता कुराहरु फिटिक्कै नगर्नुहोस् । भन्नुहोस कि अझै राम्रो गर्न सक्छौ ।
३. सुन्नुहोस् र समानुभूति गर्नुहोस् ।
सबै सम्बन्धहरु सुन्नबाट सुरू हुन्छन् । तपाइँको बच्चाको भावनाहरुलाई सुन्नुहोस् र स्वीकार्नुहोस्, तिनीहरुलाई तपाईले बुझ्नु भएको छ भन्ने यकिन गराउनुहोस् । उनीहरुलाई निश्चित गर्नुहोस् कि तपाई त्यहाँ केहि पनि आवश्यक भएमा मद्दत गर्नका लागि तयार हुनुहुन्छ । तपाईं पनि हरेक कुराहरुलाई उनीहरुको दृष्टिकोणबाट विषयहरु हेर्न प्रयास गर्नुहोस् । आफ्नो बच्चाको कुरा सुन्दा र समानुभूति पाउँदा तपाईंले आपसी आदर बढाउनुहुनेछ र सम्बन्ध बलियो हुनेछ ।
४. सँगै खेल्नुहोस् ।
बच्चाको विकासको लागि खेल अत्यन्त महत्वपूर्ण हुन्छ । यो सरल उपाय हो जुन मार्फत बच्चाहरूले भाषा सीपहरू विकास गर्छन्, भावनाहरू व्यक्त गर्दछन्, रचनात्मकता बढाउँछन्, र सामाजिक सीपहरूको बारेमा सिक्छन् । थप रूपमा, यो तपाइँको लागि एक रमाईलो तरीका तपाइँको बच्चा संग सम्बन्ध बलियो बनाउनको लागी हो । तपाइँ के खेल्नुहुन्छ त्यसले फरक पार्दैन । मुख्य भनेको केवल एक अर्काको मजा लिने र तपाइँको बच्चालाई तपाइँको अविभाजित ध्यान दिन प्रतिबद्ध गर्न हो । हामी प्रायः बालबालिकाहरुलाई जाउ साथीसँग खेल भन्छौँ यो गलत हो । उनीहरुसँगै तपाईँले खेल्दा उनीहरुको भरोसा र आत्मबल दुबै बढ्छ जुन अभिभावक र बालबालिकाहरुको सम्बन्धको साँचो हो ।
५. सामिप्यता हरदम रहनुहोस् ।
दिनको १० मिनेट मात्र छुट्याएर तपाईं आफ्नो बच्चासँग कुराकानीको लागि बस्नुहोस् कुनै कुराको ध्यान नदिईकन, राम्रो सञ्चार बानी स्थापित गर्नमा यसले ठूलो मद्धत गर्छ । टिभी बन्द गर्नुहोस्, तपाईंको इलेक्ट्रोनिक उपकरणहरू राख्नुहोस्, र सँगै केही गुणस्तरीय समय खर्च गर्नुहोस् । तपाईंको बच्चालाई यो जान्नु आवश्यक छ कि तपाईं विश्वास गर्नुहुन्छ कि तिनीहरू तपाईंको जीवनमा प्राथमिकता हुन् भन्ने थाहा हुन जरुरी छ । कथाहरु, कथाका पात्रहरु र तिनका नकारात्मक सकारात्मक कृयाकलापहरु वर्णन गर्न लगाउनुहोस् र तपाईं साँच्चिकै सुन्नुहोस् । सुनेजस्तो चाशीँ कदापी नगर्नुहोस् नत्र तपाईँलाई फटाहा सम्झनेछन् । यो अर्को फसाद हुनेछ ।
६. सँगै खाना खानुहोस् ।
एक परिवारको रूपमा सँगै खाने अक्सर तपाइँको बच्चा संग ठूलो कुराकानी र बन्धनको समय लिन सक्छ । सबैलाई प्रोत्साहन दिनुहोस् तिनीहरूको फोन वा अन्य उपकरणहरू टाढा राख्नुहोस् र एक अर्काको बोलचाल र अभिब्यक्तिको मजा लिनुहोस् । खानाको समय पनि तपाइँलाई आफ्ना बच्चाहरूलाई स्वस्थ र सन्तुलित आहारको महत्व सिकाउनको लागि ठूलो अवसर हो, जसले उनीहरूको समग्र मानसिक स्वास्थ्यमा पनि असर पार्दछ ।
७. झुठ नबोलनुहोस् ।
सिकाईमा प्रायः मानिसहरु मर्ने, कतिका आमा वा बुबाहरु हराउने, बिल्लिने वा दोश्रो विवाह हुने आदि ब्यवहारिक कुराहरुमा ढाँट्ने र अरु नै अमुक कारणहरु देखाई नभएको हो भन्दिने आदिआदी गर्न हुँदैन । जस्तोसुकै परिस्थिति आइपरेपनि उनीहरुको सामु झुठो नबोल्नुहोस् । नसकिने सामाग्रीहरु किनिदिन्छु वा नसकिने खर्चहरु गरिदिन्छु वा क्या अथवा म पूर्ण छु जे पनि गरिदिन्छु कहिल्यै नभन्नुहोस् ।
जसले उनीहरुमा दम्भ बढ्छ । अतिरञ्जित हुन्छन् अनि माग बढ्न शुरुहुन्छ । तपाईं पुरा गर्दै त लग्नुहोला तर एकदिन तपाईँले नगरिदिएको सानो कामले समाधानले तिनीहरुले तपाईँलाई नराम्रो चित्रण गर्छन् । जसले सम्बन्धहरुमा असर पर्न सक्छ । अनि मेरो बुबा भगवान हो जे पनि गर्नसक्नुहुन्छ भन्ने भ्रम नपरोस् । यस्तो कुनै मनोभावना उनीहरुमा कहिल्यै नआओस् ।
तपाईं पनि खेल्न शुरु गर्नुहोस् । नमस्कार गर नभन्नुहोस् । आफू पहिले नमस्कार गर्नुहोस् । अनि मात्र उनीहरुलाई आग्रह गर्नुहोस् । तपाईं अरुको नमस्कार पहिले लिनुहुन्छ भने उनीहरु पनि पहिले अरुले गरोस् भन्ने चाहन्छन् । तपाईँमा लत कुलत छ भने तुरुन्त त्याग्नुहोस् । नत्र उनीहरु पनि केही होइन रहेछ भन्ने सामान्यीकरण गर्न सक्छन् ।
तपाईं सबैलाई तपाईं भन्नुहोस्, उनीहरुले कहिल्यै हिम्मत गर्दैनन् कि कसैलाई तँ भनून् । हरेक कुरा तपाईँमा निहित छ तर तपाईं उनीहरुमा दोष थोपरेर आफू पन्छिन हरदम कोशिस गरिरहनुभयो भने प्रवृत्तीको सिकार तपाईं नै हुनुहुनेछ । माथी उल्लिखित बुँदाहरु सहायक हुन् पूर्ण यत्ती हैनन् । सबैमा आभार ।
यो पनि पढ्नोस् ।