
हाम्रा नानीबाबुहरुकाे परीक्षा भैरहेकाे छ, मलाई थाहा छ सबैले राम्राे गर्नेछन् । उनीहरुकाे परीक्षा राम्राे हाेस भनेर अहाेरात्र तपाईहरु पनि तल्लिन हुनुहुन्छ । उनीहरुलाई परीक्षा र अङ्कप्राप्तिकाे लागी शिक्षक परिवार पनि लागि परेकाे छ । तर याे नभुलाैँ कि परीक्षाहलमा परीक्षा दिन बसेका प्रत्येक एक उत्कृष्ट कलाकारहरु हुन् ।
त्यहाँ एक सफल ब्यावसायी बसेकाे जसले गणितमा कम अंक हासिल गराेस् । त्यहाँ एक उद्यमी छ जसले ईतिहास र भाषा साहित्यमा अंक कम प्राप्त गरेकाेहाेस् । त्यहाँ एक संगीतकार छ जसले विज्ञानकाे रसायन नजानेकाे हाेस् र कम अंक प्राप्त गराेस् । त्यहाँ एक उत्कृष्ट गायक छ । जसले सबै विषयमा कम अंक प्राप्त गराेस्। त्यहाँ एक खेलाडी छ जसकाे शारिरीक सुगठन बलियाे हुन जरुरी छ न कि उसकाे आवाजमा सरलता र मिठास ।
तपाईँका नानीबाबुले उच्चतम अंक प्राप्त गरून् यसमा म १०० खुसीहुन्छु । यदी कम अंक प्राप्त गरे भने याे वा त्याे वाहनामा तिनीहरुकाे आत्मविश्वास र मर्यादा तिनीहरुबाट नखाेस्नुहाेस ।किनभने उनीहरुले आफूप्रतिकाे त्याे भराेसा वर्षाैँ लगाएर तयार गरेका हुन्छन् । उनीहरु म यसाे गर्न सक्छु भन्छन् हामी त्यिाे नगर भन्छाैँ ।
यी र यस्ता परीक्षाहरु तिनीहरुका लागि जीवन जीउने कलाहरु र सीपहरुकाे विकासलागी नभई खाली तिनीहरुलाई ब्यवाहारिक र सामाजिक बनाउन लिइएकाे हुन्छ र तपाईँकाे/शिक्षककाे गालीबाट तिनीहरुमा अनाैठाे नकारात्मक भाव पैदाहुन्छ । गाली गर्दा पछी आफैँलाई खिन्न पनि हुन्छ र नजानी नजानी हामी उनीहरुकाे मनाेबल गिराउँदै गरेका हुन्छाैँ ।
ईतिहास हेर्नुहाेस्, एउटा उत्कृष्ट खेलाडी, एउटा उत्कृष्ट नृत्यङ्गना, एउटा उत्कृष्ट कलाकार, एक सफल उद्यमी र एक उत्कृष्ट डाक्टर तुलना गर्नुहाेस् । सबैकाे याेगदान समाज विकासमा बराबर नै हुन्छ । गाली गर्नाले हेयभावले तुच्छ शब्द प्रयाेग गर्नाले उनीहरुकाे भित्री मानसपटलमा नकारात्मक भाव पैदा हुन्छ । जसले भविष्य सम्म उनीहरुलाई शिक्षक वा परिवारका अभिभावकहरु प्रति कहिल्यै श्रद्धा नरहनसक्छ ।
एक पटक साेच्नुहाेस् त वास्तविक रुपमा पढाइ त शान्ति अमञ्चयन र सदब्यवहारका लागि हुनुपर्ने हैन र ? अझ केही शिक्षकहरुले प्रयाेग गर्ने गाली र तुच्छ शब्दहरुकाे सँगालाे म बयान गर्न सक्दिन । जसले बाँचुञ्जेल शिक्षक प्रतिकाे श्रद्धा रहन्न ।
अन्तमा जीवनका मसिना मसिना धर्काहरु हुन् परीक्षा, अनि असल मनले रंगभर्न सिकाउनु शिक्षककाे दायित्व हाे भने सर्वश्व स्विकार गरि ईच्छाहरुकाे भर्याङ चढाउनु तपाईं हाम्राे कर्तब्य हाे । उनीहरुकाे ईच्छा चाहना मार्नुभनेकाे भनेकाे भविष्यमा तपाईं हाम्राे चाहनाकाे हत्या गर्नु हाे ।
त्यसैले उनीहरुलाई तिम्राे काम राम्राे छ अझै राम्राे गर्न काेसिस गर भन्नुहाेस् । तिनीहरुलाई अनेकन उपनाम अनि गाली हैन मायाँ गर्नुहाेस्। बालबालिकाहरुलाई न्याय गर्नुहाेस यदि त्याे न्याय गर्दा तपाईं अन्यायमा पर्नुभाे भने पनि उनीहरुलाई न्याय गर्नुहाेस् । बल्ल न्यायिक र निर्भिक समाजकाे विकास शुरु हुन्छ । सत्यकाे विजय हुन्छ ।