धादिङ फागुन २५ । विपिन कडेलको ह्याट्रिक सँगै नीलकण्ठ नगरपालिकाले धादिङको अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिता जितेको छ । नीलकण्ठ नगरपालिकाको जितका लागि विपिन कडेलले ३ गोल र एन्जल तामाङले १ गोल गरेका थिए ।
खेलको पहिलो हापमा ज्वालामुखीका १६ नम्बर जर्सीका विरेन थापा मगर र १७ नम्बरका सुमन थापा मगरले १–१ गोल गरेका थिए । पहिलो हाफमा प्रेसरमा परेका नीलकण्ठका खेलाडीहरुले दास्रो हापमा ४ गोल गर्दै उपाधि हात पारेका हुन् ।
यो सँगै नीलकण्ठ नगरपालिकाले १ लाख नगद पुरस्कार जितको छ भने उपविजेतामा रोकिएको ज्वालामुखी गाउँपालिकाले ५० हजार, सान्तोना त्रिपुरासुन्दरी गाउँपालिका र सिद्धलेक गाउँपालिकाले १५–१५ हजार हात पारे ।
फाईनल खेल अवलोकनका लागि पुग्नु भएका जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले खेल सुरु हुनु अगावै विजेताले १५ हजार र उप विजेताले १० हजार खेलाडीहरुलाई प्रदान गर्ने घोषणा गर्नु भएको थियो । उक्त घोषण गरिएको रकम १५ हजार नीलकण्ठले र १० हजार ज्वालामुखीका खेलाडीले प्राप्त गरे ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा फागुन २१ गते देखि सुरु भएको प्रतियोगिता फागुन २५ गते सम्म संचालन भएको थियो ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको सभापतित्वमा भएको प्रतियोगिता समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ सेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सेना, वडाध्यक्षहरु, जनप्रतिनिधि, जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा लगाएतको आतिथ्य रहेको थियो ।
समन्वय कपको यस अघिका समाचारहरु
- धादिङको समन्वय कपमा नीलकण्ठ र ज्वालामुखी फाईनल पुगे
- समन्वय कपमा त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ सेमिफाईनल पुगे
- धादिङमा समन्वय कप जारीः त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ विजयी
- धादिङमा समन्वय कप फुटबल जारी, गजुरी र नेत्रावती डब्जाेङकाे विजय सुरुवात
- धादिङमा खेल मैदान समेत नभएको क्लवले प्रदेश जित्यो –राखेप सदस्य सचिव सिलवाल
- फुटबल उद्घाटन गर्न राखेप सदस्य सचिव सिलवाल धादिङ आउँदै
- धादिङमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता (खेल तालिका समेत)
- धादिङमा फागुन २१ देखि अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने