धादिङ फागुन २४ । धादिङमा जारी समन्वय कप अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ सेमिफाईनल पुगेका छन् । सेमिफाईनल खेल आज हुने छ ।
सेमीफाईनल प्रतियोगिताको पहिलो खेल जलामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका बीच हुने छ भने अर्को खेल आजै दिउँसो नीलकण्ठ नगरपालिका र सिद्धले गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा जारी यस प्रतियोगितामा सेमिफाईनल पुग्न त्रिपुरासुन्दरीले गजुरीलाई, ज्वालमुखीले गल्छीलाई, सिद्धलेकले बेनीघाट रोराङलाई र नीलकण्ठ नगरपालिकाले नेत्रावती डब्जोङ गाउँपालिकालाई पराजित गरेका थिए ।
गंगा जमुना गाउँपालिका बाहेक १२ वटा गाउँपालिकाले भाग लिएको यस प्रतियोगिताको फाईनल खेल फागुन २५ गते हुने छ ।