धादिङको समन्वय कपमा नीलकण्ठ र ज्वालामुखी फाईनल पुगे

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २४, २०७७

धादिङ फागुन २४ । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिताको फाईनलमा नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका पुगेका छन् ।

सोमबार भएको सेमिफाईनलको पहिलो खेलमा ज्वालामुखी गाउँपालिकाले त्रिपुरासुन्दरीलाई हराउँदै फाईनल प्रवेष गरेको थियो । ज्वालामुखीको जितका लागि इन्द्र गिदेल मगर र विरेन्द्र पुलामी मगरले १–१ गोल गरेका थिए । ज्वालामुखी विरुद्ध सेमीफाईनल खेलेको त्रिपुरासुन्दरीले भने ज्वालामुखीका विरुद्ध गोल गर्न सकेन ।

यस्तै सोमबार कै दास्रो सेमीफाईनल खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेकलाई हराउँदै फाईनल प्रवेष गरेको छ । नीलकण्ठको जितका लागि सर्जु गुरुङले २ गोल गरेका थिए । नीलकण्ठ विरुद्धको यस खेलमा सिद्धलेकका १९ जर्सी लगाएका गम्भिरले १ गोल गरेका थिए ।

सेमीफाईनल खेल सकिए सँगै त्रिपुरासुन्दरी गाउँपालिका र सिद्धलेक गाउँपालिका सान्तोना भएका छन् । नीलकण्ठ र ज्वालामुखी बीचको फाईनल खेल मंगलबार बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।

धादिङको गंगाजमुना गाउँपालिका बाहेका पालिकाले भाग लिएको फागुन २१गते देखि जारी यस प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार, सान्तोना पुरस्कार १५–१५ हजार शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।