राष्ट्रिय एकता दिवसको अवसरमा धादिङबेसीमा ७० जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
सोमवार, पुस २७, २०७७

धादिङ पुस २७ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धादिङबेसी क्याम्पस चोकमा ७० जनाले रक्तदान गरेका छन् ।

युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यामिक विद्यालयद्वारा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा ३९ महिला र ३१ पुरुष गरी ७० जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस धादिङकाल उप-मन्त्री नारायण कुमार श्रेष्ठका अनुसार धादिङमा हुने रक्तदान कार्यक्रममा उत्साह जनक सहभागित हुने गरेको छ ।