मोटरसाईकल चोरीको आरोपमा धादिङका आयुष पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २१, २०७७

धादिङ पुस २१ । मोटरसार्ईकल चोरीको आरोपमा प्रहरीले धादिङका एक युवालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले मोटरसार्ईकल चोरीको आरोपमा त्रीपुरासुन्दरी गाउँपालिका–५ चैनपुर बस्ने २२ वर्षिय आयुष थापा मगरलाई पक्राउ गरेको हो ।

आयुषलाई नयाँ बजार सडक खण्डबाट प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालोरातो २२० सिसिको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धान क्रममा उक्त मोटरसाइकलको वास्तविक नं लु ५२ प ७३३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाइकल मिति २०७६ भदौ ०६ गते काठमाडौं ठमेलस्थित भगवान बाहाल मन्दिरअगाडि पार्किङस्थलबाट हराएकाले खोजतलास गरिपाऊँ भनी कुमार राना मगरले महाशाखामा निवेदन दिएका थिए । उक्त नम्बरको मोटरसाइकल मिति २०७६ भदौ ०६ गते काठमाडौं ठमेलस्थित भगवान बाहाल मन्दिरअगाडि पार्किङस्थलबाट हराएको थियो ।

यस्तै दोलखाका रोशन लामिछानेलाई समेत बालाजु सडकखण्डबाट बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालोरातो रंगको २२० सिसी को पल्सर मोटरसाइकल सहित पक्राउ गरेको छ ।
उक्त मोटरसाइकल २०७७ मंसिर १४ गते काठमाडौं वनस्थलीबाट हराएकाले खोजी गरिपाउँ भनी रामकृष्ण ढकालले महाशाखामा निवेदन दिएका थिए । तस्वीरः महानगरीय ट्राफिक प्रहरी महाशाखा