हामीले कतै उल्टो बाटो त हिडेनौ -नेत्रराज पौडेल

Avatar photo
Dhadingpost
पुस १५, २०७७

धादिङ पुस १५ । राजनीति मैदानबाट बाहिरिएको घोषणा गर्नुभएका नेत्रराज पौडेलले नेतृत्वको ध्यानाकर्षण गराउँदै बुधबार आफ्नो फेसबुकमा स्टाटस लेख्नु भएको छ ।

यो सोमबार फेसबुकमा स्टाटस लेखेर आफु राजनीतिक मैदानबाट बाहिर बस्ने बताउनु भए सँगै मंगलबार नेकपा केपी ओली पक्षधरको धादिङबेसीमा भएको बैठकको अध्यक्षता गरी नेकपाको अध्यक्ष पद भुमि त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो ।

बुधबार फेरी पौडेलले आफ्नो फेसबुकमा स्टाटस लेखेर नेताहरुको ध्यानाकर्षण लगराउनु भएको हो ।

पौडेलको फेसबुक स्टाटस जस्ताको तस्तैः

हामीले कतै उल्टो बाटो त हिडेनौ !
राजनीतिको नया अध्याय शुरूहुन लागेको बेला नेतृत्वले बहस गरोस
१) हिजो हामिले राजनीतिक यात्रा शुरू गर्दा सबैको हितका लागी भनेर शुरू गर्यौ । आफनै समेत हित गर्न सकेनौ ।
२) अब सबै आ-आफ़्ना हितमा लागौ भनेर घोषणा गरौ । तेसका लागी आधार बनाऔ । यसो गर्दा कोशिशका बिच पनी जसले आफ्नो लागी सफल हुन सक्दैन तिनका लागी सफल हुनेहरूले सहयोग गरौ ।
३) राजनीतिलाई नीति निर्माणको तहमा सीमित गरौ । कर्मचारी संयन्त्रलाई कानुनी शासनको परिपालनामा केन्द्रित गरौ । पेशाको रुपमा स्थापित बंदै गरेको राजनीतिक अवस्थाको अन्त गरौ ।
जसले आफु आफु बिचको द्वन्द्व , गाली गलौज र अस्वस्थता स्वतः कम हुनेछ । तेसले मात्र मुलुकको सम्मृद्धि र स्थिरताको सहज बाटो खोल्ने छ ।