धादिङमा ओली पक्ष नेकपाको अध्यक्षमा रमेश आचार्यलाई बनाउन गृहकार्य सुरु

Avatar photo
Dhadingpost
पुस १२, २०७७

धादिङ पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको अध्यक्षमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रमेश आचार्यलाई बनाउन गृहकार्य सुरु भएको बताईएको छ ।

नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलले आफु राजनीति नगर्ने घोषणा गरे सँगै धक्का ब्यहोरेको ओली पक्षले आचार्यलाई अध्यक्ष बनाउन गृहकार्य सुरु गरेको एक नेताले धादिङपोष्टलाई बताए ।

तपाई जिल्ला अध्यक्ष बन्दै हुनुहुन्छ हो ? भन्ने हाम्रो प्रश्नमा नेता आचार्यले साथीहरुको तपाई बन्नु पर्यो त, भन्नु भएको त छ । यस विषयमा नेतृत्वले आफु सँग कुनै छालफल नगरेको र आफुले पनि नेतृत्व सँग छलफल नगरेको बताउनु भयो ।