नेकपा सहिदहरुको सपना हो -भण्डारी

Avatar photo
Dhadingpost
बिहिबार, पुस ९, २०७७

धादिङ पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका सचिवालय सदस्य एवम धादिङमा जिउँदा सहिदकोरुपमा परिचित रामबहादुर भण्डारीले नेकपा सहिदहरुको सपना साकार पार्ने पार्टी भएको बताउनु भएको छ ।

केपी ओलीले पार्टी विभाजनको लागि संघीय संसद भंगको नाटक मञ्चन गर्नुभएकोले कार्यकर्ताहरुलाई सहिदको सपना साकार पार्ने पार्टीबाट ओलीहरु बाहिरिनु भएको आरोप लगाउनु भएको छ ।

जनयुद्धका क्रममा १७ वर्ष अघि आजैको मितिमा सहादत हुनुभएका जीवन थपलिया र अनिल थापाको आज त्रीपुरासुन्दरी गाउँपालिकामामा भएको स्मृति दिवस समारोहमा बोल्दै नेता भण्डारीले कार्यकर्ताहरुलाई प्रधान मन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानबाट सृजित कम्युनिष्ट पार्टीलाई नै बदनाम गराउने कदम चाल्नु भएको आरोप लगाउनु भएको थियो ।

यो पनि पढौं
जनयुद्धका सहिद जीवन थपलिया र अनिल थापाको आज स्मृति दिवस