
धादिङ पुस ९ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षिय जनजुद्धको क्रममा धादिङ त्रीपुसुन्दरी गाउँपालिकाका जीवन थपलिया र अनिल थापाले सहादत प्राप्त गर्नु भएको आज १७ वर्ष पुरा भएको छ ।
त्रीपुरासुन्दरी स्थित गणेस्थान नजिकै घर भएका जिवन थपलिया र त्रीपुरासुन्दरी आगिञ्चोक कास्टेका अनिल थापालाई आजैका दिन माओवादी कार्यकर्ता भएकै आधारमा तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।
बैरेनीबाट गस्तीमा निस्केका तत्कालिन शाही सेनाले २०६० पौष ९ गते बिहान ७ बजे आगिन्चोक स्थित गणेस्थान घर नजिकै आँखु खोलाको किनारमा दर्जनौ गोली ठोकेर जीवन थपलियाको हत्यालाई गरेको थियो ।
यस्तै आगिञ्चोक कास्टेका अनिल थापालाई थपलियाको हत्या गरेको करिव आधा घण्टा पछि गुन ठाँटी भन्ने ठाउँमा हत्या गरेको थियो ।
जनक्रान्तिका महान सहिद तथा बेपत्ता परिवार समाज धादिङ लेयी दुई सहिदहरुको सम्झनामा त्रीपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ५ गणेशस्थानमा दिनको ११ बजे स्मृति सभा गर्न लागेको समाजका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।