बेनीघाट रोराङले बुधबारदेखि अपाङ्ग परिचय पत्र वितरण गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ३०, २०७७

धादिङ मंसिर ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ९ दिन लगाएर गाउँपालिकामा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई परिचय पत्र वितरण तथा नविकरण गर्ने भएको छ ।

गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङका अनुसार पुष १ गते वडा नम्बर १० को को कार्यालयबाट सुरुहुने परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम पुस २६ गते सकिने छ ।
यस विषयमा गाउँपालिकाले सूचना जानकारी गर्दै कार्ड लिनु पर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई दुई प्रति फोटो, नागरिकताको प्रतिलिपि वा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि लिएर तोकिएको मिति र स्थानमा आउन भनिएको छ ।

कार्ड वितरण वा नविकरण गरिने मिति र स्थान