शंखादेविको कक्षा कोठामा प्रयोगात्मक शिक्षण विधि

Avatar photo
Dhadingpost
मंसिर २७, २०७७

धादिङ मंसिर २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित मझिमटारमा रहेको शंखादेवि माध्यामिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार आफुले हातले बनाएका चित्रहरु लिएर स्कुल आए ।

विद्यार्थीहरुले हातले बनाएको चित्रहरु शिक्षकहरुले मुल्याङ्कन गरेर कक्षा ५ का योगेश श्रेष्ठद्वारा निर्मित चित्र प्रथम, कक्षा ८ मा अध्ययनरत मौसमी अधिकारीको चित्र द्वितिय र कक्षा ८ कै शर्मिला ढकालको चित्रलाई तृतिय घोषणा गरियो ।

विद्यार्थीहरुले ताली पढ्काए, विजयी हुने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरियो । हामीले शिक्षण विधिलाई फरक पन र विद्यार्थीको रुचीलाई व्यवहारिकतामा शिक्षण गर्न सुरु गरेको शिक्षक तिलक चेपाङले बताए । प्रयोगात्मक शिक्षण विधिले विद्यार्थीको स्मरण क्षेमता बृद्धि गर्ने हुँदा यो विधि उक्तम भएको शिक्षक चेपाङ बताउनु हुन्छ ।