
धादिङ मंसिर २० । गजुरी गाउँपालिकामा स्थित मलेखुमा बिहिबार चरेश नभै २ केजी गाँजा बरामद गरिएको र ३ जनालाई पक्राउ गएिको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसमा र्यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ ल्याएको २ केजी गाँजा फेला परे सँगै प्रहरीले सिद्धलेक गाउँपालिकाका सुदिप विक, गाडी चालक त्रीपुरासुन्दरीका ४० वर्षिय गुभाजु र दाङ लमही सह चालक २१ वर्षिय गाहा मगर पक्राउ परेका हुन् । यस अघि प्रकाशित मलेखुमा २ केजी चरेश बरामद, त्रिपुरासुन्दरीका खिलमान गुभाजु पक्राउ समाचारमा भएको त्रुटि सच्याईएको छ ।
