
रामचन्द्र थापा,
धादिङ मंसिर १८ । धुनबेशी नगरपालिका ७ खानिखोला देखि धार्के सम्म नेपाली काँग्रेसले विरोध प्रदर्शन स्वरुप मोटरसाइकल र्याली गरेको छ ।
तनहुँ जिल्ला ब्यास नगर पालिका १ र ११ नम्बर जोड्ने बुल्दी खोला पुल उद्घाटन गर्न पुग्नु भएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको घटनाको विरोधमा नेपाली कांग्रेस धुनीबेसीले खानीखोलामा आज विरोध प्रदर्शन स्वरुप मोटरसाइकल र्याली गरेको हो ।
खानीखोलामा काँग्रेस कार्यकर्ताहरुले कालो फित्ता निधारमा बाधेर, कालो मास्क लगाई सरकार विरुद्ध नारा लगाउँदै मोटरसाइकल र्याली गरेका थिए । र्याली खानिखोलाको त्रिभुवन राजपथ हुँदै पृथ्वी राजमार्गको धार्केमा गएर कोण सभामा परिणत भएको थियो ।
