
धादिङ कार्तिक २७ । धादिङ जिल्लामा आफ्नै छुट्टै पहिचानका साथ जिल्ला तथा वाह्य जिल्लामा समेत यातायात सेवा दिई रहेको ग्रामिण यातायात प्रालि धादिङको हाईस माइक्रो धादिङ पोखरा संचालन सुरु भएको छ ।
अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार धादिङका विभिन्न ग्रामिण क्षेत्रहरु बुढाथुम, बसेरी, आरुघाट, फुलखर्क, खरी, चैनपुर, ज्यामरुङ लगायत ठाउँहरु रनाराणघाट, हेटौंडा, विरगंज लगायतका ठाउँहरुमा डिलक्स बस सहितको सेवा ग्रामिण यातायात प्रालि धादिङले दिई रहेको छ ।
यस प्रा लि. ले तिहारको अवसर पारी धादिङ देखि पोखरा सम्म हाईस माईक्रो संचालनका ल्याएको समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।
