यात्रुको सुरक्षामा ग्रामिण यातायात प्रालि प्रतिवद्ध टिकट बुकिङ गर्न सकिने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ३०, २०७७

धादिङ असोज ३० । धादिङ जिल्लामा नयाँ डिलक्स बस सहित सेवा दिई रहेको ग्रामिण यातायात प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले आफुहरु यात्रुको सुरक्षामा प्रतिवद्ध रहेको बताउनु भएको छ ।

कोरोना भाईरसको यो संक्रमण कालिन अवस्थामा ग्रामिण यातायात प्रालिबाट चल्ने सबै बसहरुले सुरक्षाका अधिकतम उपाय अवलम्बन गरेको छ र राज्यले तोकेको सर्त पूर्ण पालन गरि रहेकोले यात्राका लागि ग्रामिण यातायात प्रालिका बसहरु सुरक्षित रहेको समेत अध्यक्ष अधिकारीले दावी गर्नु भयो ।

काउण्टरमा कन्ट्याक गरी टिकट बुकिङको समेत व्यवस्था गरेको यस प्रालिले काठमाडौं देखि धादिङ विभिन्न ग्रामिण क्षेत्रहरु बुढाथुम, बसेरी, आरुघाट, फुलखर्क, खरी, चैनपुर, ज्यामरुङ लगायत ठाउँहरुमा सिधा सेवा गरि रहेको छ भने नाराणघाट हेटौंडा विरगंज लगायतका ठाउँहरुमा समेत बस संचालन गरि रहेको छ ।