
धादिङ असोज ५ । धादिङमा चुनावी माहौलमा जस्तो नेकपा र काँग्रेसले पार्टी प्रवेसका कार्यक्रमहरु दिनहुँ जस्तो गरि रहेका छन् ।
धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेको दुई ठाउँबाट ६० जना भन्दा बढी नेपाली काँग्रेसका कार्यकर्ता नेकपा प्रवेस गरेको थिए उनीहरुलाई वडा अध्यक्ष रामकुमार श्रेष्ठले टिका लगाएर प्रवेस गराउनु भएको थियो ।
नीलकण्ठ नगरपालिका ५ डाँडाँगाउँबाट एन्जिला श्रेष्ठका नेतृत्वमा र वडा नम्बर ५ कै खाल्टेबाट जगत नारायण श्रेष्ठ, मकरबहादुर नेपाली, राजकुमार बयलकोटी र बुद्धीमान श्रेष्ठको नेतृत्वमा ६० जना भन्दा बढी प्रवेश गरेको नेकपा धादिङ जनाएको छ ।
खाल्टेबाट गत भाद्रमा मात्रै नेकपा नेता दुर्गा रिमालको नेतृत्वमा २३ जना एक विशेष कार्यक्रमका बीच काँग्रेसमा प्रवेस गरेका थिए ।