
धादिङ भाद्र १२ । धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ५ खाल्टे डाँडा गाउँबाट दुर्गा रिमालको नेतृत्वमा २३ जना नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् ।
खाल्टेमा बामपनथी नेताका रुपमा चिनिने दुर्गा रिमाल मसाल, माओवादी हुँदै नेकपामा आवद्ध थिए, उनी सहित २३ जनालाई बिहिबार एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख एबम् काँग्रेस नेता भिमप्रसाद ढुङ्गानाले काँग्रेसमा प्रबेस गराउनु भएको हो ।
पाटी प्रवेस कार्यक्रममा विकास निमार्णका ठुला गफ चुट्दिन,आफ्नो क्षेमताले भ्याए जति र चुनावी घोषणा पत्र अनुसार काम भए नभएको जनताले नै मुल्याङ्कन गरि रहेको बताउनु भएको थियो ।
नीलकण्ठले विकासका नयाँ मोडलहरु तयार गरेको छ, प्रदेश देखि केन्द्र सम्म नेकपाको सरकार र छ बजेट विनियोजनमा काँग्रेसका भिम ढ्ुङ्गानाले जिते नीलकण्ठलाई विभेद गरे पनि चमत्कारिक रुपमा विकासले गति लिएको समेत नगर प्रमुख ढुङ्गानाले दावी गर्नु भएको थियो ।
नीलकण्ठका हरेक टोलमा नेकपा छाड्नेको लहर चलेको बताउँदै ढुङ्गानाले अब जनताले कम्इुनिष्टको गफ पत्याउने वाला छैनन्, परिणाम हेर्छन्, काँग्रेसका एकाद जनप्रतिनीधि बाहेक सबैले परिणाम मुखि काम गरेको समेत दावी गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर सभापति शम्भु सिंह ठकुरी,नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरी अधिकारी लगायतको सहभागिता रहेको थियो।