गजुरीका पहिरो विस्थापित १६ परिवारलाई खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
सोमवार, साउन १९, २०७७

धादिङ साउन १९ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोको कारण विस्थापित बनेका १६ घर परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा जापान जापान रहेका धादिङ मलेखुका फुटबलर शैलेन्द्र तामाङको पहलमा जापान स्थित शिव कलेजमा अध्ययन नेपाली विद्यार्थीहरु र मलेखुका बसन्त सिलवाल, राजन सापकोटा, रविन्द्र घले लगायत स्थानीयहरुले पहिरोका कारण विस्थापित बनेका दुई घरलाई खाद्यान्न अभाव नभएकोले अन्य १६ घर परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेका हुन् ।

कोभिड-१९ को उपचार तथा रोकथाम र खाद्यान्न संकट न्यूनिकरणका लागि गजुरी गाउँपालिकाले संचालनको लागि ल्याएको फुड बैंक मार्फत पहिरोबाट विस्थापित बनेका परिवारलाई सहयोग गरिएको जापनबाट शैलेन्द्र तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

उक्त खाद्यान्न राहात सामाग्री आईतबार गजुरी गाउँपालिका उप प्रमुख सिता ढुङ्गाना आफै उपस्थित भएर परिवार संख्याको आधारमा वितरण गर्नुभएको गजुरीबाट प्रकाश उप्रेतीले बताए ।

आजै विस्थापित परिवारलाई रेडक्रस धादिङले कोरोना भाईरस (कोभिड-१९) र अन्य रोगहरुबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको सामाग्री समेत वितरण गरेको छ ।

सहयोगी जापानमा अध्ययनरत विद्यार्थीहरु

सामाग्री खरिद गरिएको बील

अझै उक्त विस्थापितहरु बसेको अस्थायी बस्तीमा खानेपानी र विद्युतको भएन

धादिङपोष्टले निरन्तर फलो गर्दै आएको उक्त बस्तीमा गजुरी गाउँपालिकाले बत्ती र खानेपानीको व्यवस्था गर्न सकेको छैन । आईतबार नै बत्ती सुचारु गरिने उप प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भएको थियो । बस्तीबाट ५० मिटर टाढा पनि नभएको ठाउँबाट विद्युत नदिनु र बस्ती मै आउने खानेपानीको लागि ५ मिटर पाइप नहुँदा सकस भएको पिडितहरुले बताउँदै आएका छन् ।

पहिरो विस्थापितहरु भन्दछन्, अहिले पनि हामी सुरक्षित छैनौ

हामी साउन ४,५ र ६ गते परेको पानीले हाम्रो गाउँ पहिरोको जोखिम पर्यो, अस्थिायी वसोबासको लागि प्रकाश र पुष्प उप्रेतीले दिनु भएको जग्गा पनि पहिरोको जोखिममा छ । तर सबैले यहाँ बस भने मन्त्री ज्यू, जनप्रतिनीधिहरु सबैले बस्न भनेकोले बसेका हौं, यो ठाउँमा अगाडी र एकापटि साइड पुरै पहिरोको जोमिख छ, पिडित हर्कमान लामा बताउनु हुन्छ । दुईवटा सार्वजनिक स्थान खाली छ आफुहरुलाई गाउँपालिकाले स्थायी वसोबासको जग्गा दिनुपर्ने उहाँकोे दावी छ ।

खाली र सुरक्षित सार्वजनिक जग्गामा लैजान विस्थापितको माग

चालिसेमा छ १२ रोपनी सार्वजनिक जग्गा

पिडितहरुले दावी गर्दै आएको गजुरी चालिसेका जग्गा गजुरी गाउँपालिकाले दिने निर्णय गर्न सकिरहेको छैन । उक्त चालिसेमा रहेको १२ रोपनी फैलिएको सार्वजनिक बालुवाको ढिस्को गाउँपालिकाकै मिलेमतोमा बालुवा उत्खनन भए सँगै समथर बनेको छ । उक्त जग्गामा गाउँपालिकाले अस्पताल बनाउने सोचमा छ । त्यस कारण विस्थापितहरुलाई दिन निर्णय हुन नसकेको गजुरी गाउँपालिका एक जनप्रतिनीधिले बताए ।

विकल्पमा आँपचौरमा समेत सार्वजनिक जग्गा छ

गजुरी बजार नजिकै आँपचौरमा पनि विस्थापितहरुले सरकारी जग्गा रहेको र आफुहरुलाई त्यहाँ राखे पनि हुने बताएका छन् । १८ घर धुरीलाई व्यवस्थित वसोवास हुनेगरि नमुना बस्ती नै बनाउने गरि हामी सोची रहेका छौ । कहाँ राख्दा उचित हुन्छ जग्गा खोजी मै रहेको उप-प्रमुख सिता ढुङगाना बताउनु हुन्छ ।