धादिङ साउन ९ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासमा १८ घरधुरी पहिरोका कारण विस्थापित बने सँगै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले उक्त स्थानको निरिक्षण गरेका छन् ।
शुक्रबार बिहानै गजुरी गाउँपालिकाका प्रमुख, उप-प्रमुख, सुरक्षा निकायका प्रतिनीधि र रेडक्रसकर्मी सहित चामबास पुगेका मन्त्री जमकट्टेलले जमिन चिरा-चिरा परेर बग्न थालेको र घरहरु चर्किएकोले तत्काल अस्थायी बसोबासका लागि बस्ती सार्न गाउँपालिका अध्यक्षलाई आग्रह गरेका थिए ।
दिर्घकालिन वसोबासका लागि कहाँ कसरी बनाउने गाउँपालिकाले अध्ययन गरि आवास निमार्णको लागि प्रदेश सँग् समन्वय गर्न समेत मन्त्री जमकट्टेलले आग्रह गरेका थिए गजुरीबाट प्रकाश उप्रतीले धादिङपोष्टलाई बताए ।
गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले तत्काल अस्थायी बसोबासको लागि चामबासबाट १० मिनेटको दुरीमा रहेकोे बारीमा टेण्ड राखे बस्ने ब्यवस्था मिलाईने बताएका थिए ।
यो निपिरक्षण पछि मन्त्री जमकट्टेलले मलेखुमा पहिरोबाट ज्यान गुमाएकी निरुता परियारको परिवारलाई भेटेका थिए । राजमार्ग क्षेत्र आसपास भएको पहिरोको क्षेति अवलोकन गर्दै उनी बेनीघाट रोराङ १० स्थित चितवन धादिङ जोड्ने पृथ्वी राजमार्गको मौवाखोला पुलको क्षेति अवलोकन गर्न पुगेका थिए ।
राजमार्ग छिटो भन्दा छिटो खुलाउने बताउँदै आएका मन्त्री जमकट्टेलले आज स्थलगत अनुगमन गर्दै, काम द्रुत गतिमा अगाडी बढेको र आजैबाट मोटरसाईकल र साना गाडीहरु चल्ल थालेको बताएका छन् ।