धादिङ साउन १३ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित बने सँगै अस्थायी टहरा निर्माण गर्न दाजुभाई पुष्प उप्रेती र प्रकाश उप्रेतीले जग्गा उपलब्ध गराएका छन् ।
शुक्रबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले स्थलगत निरिक्षण प्रमुख जिल्ला अधिकारी र गाउँपालिका प्रमुखलाई तत्काल अस्थायी बसाेबास मिलाउन निर्देशन गरेका थिए । गाउँपालिकाकाे अनुराेधमा उप्रेती दाजुभाईले अस्थायी बसाेबासका लागि जग्गा सहयाेग गरे सँगै टहरा निर्माण कार्य सुरुभएकाे हाे ।
जिल्ला प्रशासनबाट जस्ता र गाउँपालिकाबाट टेन्ड प्रदान भए सँगै अस्थायी टहरा निर्माण सुरुभए पनि खानेपानी र विद्युुत सेवा नहुँँदा विस्थापितहरुलाई थप समस्या भएकाे छ ।