विज्ञान क्लवको गठन

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १७, २०७६

धादिङ साउन १७ । विज्ञान र प्रविधिको महत्व बुझाउने, सामूहिक क्रियाशिलता, सिर्जनात्मक चिन्तन गराउने उद्देश्यका साथ विज्ञान क्लव गठन भएको छ ।

विद्यार्थीहरुको विज्ञान सम्बन्धी रुची, वैज्ञानिका ताजा आविस्कार, जानकारी गर्दै विद्यार्थीले नै अध्ययनको क्रममा विज्ञान सँग सम्बन्धी सृजनाहरुको थप विकासको लागि धादिङबेसी स्थित एड्भान्स एकेडेमीले एड्भान्स विज्ञान क्लवको गठन गरेको हो ।

विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ, विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमात्र प्रयाप्त छैन, त्यसैले विद्यार्थीको अध्ययन रुचिलाई ख्याल गर्दै विज्ञान क्लवको गठन गरिएको विद्यालयका एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए । सपना लम्सालको संयोजक रहने गरि बनेको क्लवमा ९ सदस्यहरु रहेका छन् ।

एड्भान्स एकेडेमीले शुक्रबार साप्ताहिक कार्यक्रम अन्तरगत पूर्वप्राथमिक तहमा एल.के.जी. र यू.के.जीमा अध्ययन गर्ने विद्यार्थीहरु बीच सुन्दर अक्षर लेखन प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

साना नानीबाबुहरु बीच गराईएको सुन्दर अक्षर लेखन प्रतियोगिताले विद्यार्थीहरुमा लेखनमा थप उर्जा मिल्ने सहायक प्रधानाध्यापक रामकुमार श्रेष्ठले बताए ।

आजै एड्भान्स एकेडेमीले थाइल्याण्डको ब्यान्ककमा संचालित The 5ThHeroes Taekwando International Championship मा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक विजेता एड्भान्स एकेडेमीको तेक्वान्दो प्रशिक्षक मारियम फ्यूवालाई हार्दिक बधाइ तथा शुभकामना साथ सम्मान कार्यक्रम गरेको थियो ।

मरियम फ्यूवालाई थाईल्याण्डमा गोल्ड मेडल