मरियम फ्यूवालाई थाईल्याण्डमा गोल्ड मेडल

Avatar photo
Dhadingpost
सोमवार, साउन १३, २०७६

अमृत तामाङ
धादिङ साउन १३ ।
धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व गर्दै थाईल्याण्डमा पुगेकी मरियम फ्यूवाले तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै गोल्ड मेडल जितेकी छिन् ।

धादिङबेसी मिलनटोल निवासी मरियम फ्यूवाले थाईल्याण्डमा भएको 5th heroes international Taekwondo championship तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेकी हुन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीको तेक्वान्दो प्रशिक्षक मरियम फ्यूवा जिल्ला, प्रदेश हुँदै केन्द्रीय प्रतियोगिताहरुमा समेत विजयी बनी सकेकी ताइक्वान्दो खेलाडी हुन् ।

धादिङबाट तेक्वान्दाे खेल्न मरियम फ्यूवा थाईल्याण्ड प्रस्थान