धादिङबाट तेक्वान्दाे खेल्न मरियम फ्यूवा थाईल्याण्ड प्रस्थान

Avatar photo
Dhadingpost
बुधबार, साउन ८, २०७६

अमृत तामाङ,
धादिङ साउन ८ ।
बैंककमा हुन गहिरहेको 5th heroes international Taekwondo championship प्रतियाेगिताकाे लागि धादिङको तेक्वान्दाे खेलाडी मरियम फ्यूवा थाईल्याण्ड प्रस्थान गरेकी थिन् ।

धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व गर्दै फ्यूवा आज थाईल्याण्ड प्रस्थान गरेकी हुन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीकाे तेक्वान्दाे प्रशिक्षक मरियम फ्यूवा जिल्ला, प्रदेश हुँदै केन्द्रीय प्रतियाेगिताहरुमा समेत विजयी बनी सकेकी ताइक्वान्दाे खेलाडी हुन् ।